सोमबार , जेठ २७, २०८२

काठमाडौं । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो ।

नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोलले बताए ।

निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बूढानीलकण्ठ-१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोश पोखे । निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पुर्‍याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP