शनिबार , भाद्र १३, २०८३

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामुहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न आरोपी बेलका नगरपालिका- ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या पश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलका नगरपालिका- ७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव फेला परेको थियो ।

आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । घटना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे घटनाको बारेमा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १२ वर्षीय भतिज सुजन बस्नेतको उनले हत्या गरेको प्रहरी आरोप छ । बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गई रहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका प्रहरीले जनाएको छ । खुकुरी भिरेका नरबहादुरले भाई राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगि सकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११ः०० बजेको घट्नाबारे ३/४ घण्टासम्म कसैलाई जानकारी थिएन । कसैले नदेखेको हुनाले निर्धक्क घटना घटाएर हिँडेका बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

मृतक र हत्या आरोपितका बाजेहरु दाजुभाइ हुन् । घरायसी बिवादले उग्ररुप लिदाँ हत्या हुन पुगेको अनुमान प्रहरीले गरेको छ । हत्या आरोपित बस्नेतले आफूलाई प्रहरीमा लगेर थुनाउँछु मात्र भन्ने गरेकाले खेतीमा गएको मौका छोपी बाटो ढुकेर जंगलमा लुकेर बसि राजकुमारको हत्या गरेको बयानमा भनेका छन् ।

त्यसपछि बुहारी र भतिजलाई पनि खेतबाट लखेट्दै खोलामा लगेर हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका हत्या आरोपी बस्नेतलाई आइतबारै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP