शुक्रबार , भाद्र १२, २०८३

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी [नेकपा] ओली समूहमा लागेका छन् । तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् ।

महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरेसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् । महासचिव पाैडेलले फेसबुकमा राखेको तस्वीर भैरहवा गाैतमबुद्ध बिमानस्थलमा आज खिचिएको हाे ।

महासचिवको पहल र केहि सर्त सहित घिमिरेले गुट बदलेका हुन् । सर्तहरु के -के थिए बाहिर खुलाइएको छैन । मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।

आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । यसअघि मेयर घिमिरे लामाेसमयदेेखि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP