सोमबार , बैसाख ८, २०८२

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमले भारतमाथि रोमाञ्चक जित निकालेको छ । एसिया कप क्रिकेटअन्तर्गत गए राति भएको सुपर चारको भिडन्तमा पाकिस्तानले भारतमाथि पाँच विकेटको जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम बलअघि पाँच विकेटले विजयी बन्यो । समूह चरणमा भारतसँग पराजित भएको उसले सुपर चारमा हारको बदला लिन सफल रह्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका लागि मोहम्मद नवाजले ४२, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाए । आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डेय, अश्रदिप सिह, रवि बिस्नोई र युजभेन्द्र चहलले एक एक विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए ।

कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाउँदा दीपक होडा १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए । पाकिस्तानका लागि शादब खानले २ विकेट लिए । निसम शाह, मोहम्मद हसनेन, हरिस राउफ र मोहम्मद नवाजले १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP