मंगलबार , अषोज २७, २०८३

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमले भारतमाथि रोमाञ्चक जित निकालेको छ । एसिया कप क्रिकेटअन्तर्गत गए राति भएको सुपर चारको भिडन्तमा पाकिस्तानले भारतमाथि पाँच विकेटको जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम बलअघि पाँच विकेटले विजयी बन्यो । समूह चरणमा भारतसँग पराजित भएको उसले सुपर चारमा हारको बदला लिन सफल रह्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका लागि मोहम्मद नवाजले ४२, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाए । आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डेय, अश्रदिप सिह, रवि बिस्नोई र युजभेन्द्र चहलले एक एक विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए ।

कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाउँदा दीपक होडा १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए । पाकिस्तानका लागि शादब खानले २ विकेट लिए । निसम शाह, मोहम्मद हसनेन, हरिस राउफ र मोहम्मद नवाजले १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP