मंगलबार , बैसाख २९, २०८३

नयाँदिल्ली । भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ । भारतीय मिडियाका अनुसार मुम्बई नजिकको पालघर भन्ने स्थानमा मिस्त्रीको गाडी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि मिस्त्रीलाई अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो ।

टाटा समूहका छैटौं अध्यक्ष
सन् २०१२ डिसेम्बरमा रतन टाटाले टाटा सन्सको अध्यक्ष पदबाट राजीनामा दिएपछि यो पदमा साइरस मिस्त्री चुनिएका थिए । तर, चार वर्षभित्रै २०१६ अक्टोबर २४ मा टाटा सन्सले उनलाई अध्यक्ष पदबाट बर्खास्त गर्‍यो । उनको स्थानमा पुनः रतन टाटालाई अन्तरिम अध्यक्ष बनाइएको थियो । पछि सन् २०१७ जनवरी १२ मा एन चन्द्रशेखरनलाई टाटा सन्सको पूणर् अध्यक्ष बनाइएको थियो ।

टाटा सन्सले मिस्त्रीको काम गर्ने तरिका टाटा सन्सको काम गर्ने तरिकासँग मेल नखाएकाले उनलाई बर्खास्त गर्न बाध्य भएको स्पष्टिकरण दिएको थियो । काम गर्ने शैली नमिलेका कारण कारण बोर्डका सदस्यको मिस्त्रीमाथिको विश्वास घटेको बताइएको थियो । टाटाको १५० वर्षभन्दा बढी इतिहासमा साइरस मिस्त्री छैटौं अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP