सोमबार , बैसाख ८, २०८२

नयाँदिल्ली । भारतको चर्चित व्यापारिक समूह टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ । भारतीय मिडियाका अनुसार मुम्बई नजिकको पालघर भन्ने स्थानमा मिस्त्रीको गाडी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि मिस्त्रीलाई अस्पताल लगिए पनि त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो ।

टाटा समूहका छैटौं अध्यक्ष
सन् २०१२ डिसेम्बरमा रतन टाटाले टाटा सन्सको अध्यक्ष पदबाट राजीनामा दिएपछि यो पदमा साइरस मिस्त्री चुनिएका थिए । तर, चार वर्षभित्रै २०१६ अक्टोबर २४ मा टाटा सन्सले उनलाई अध्यक्ष पदबाट बर्खास्त गर्‍यो । उनको स्थानमा पुनः रतन टाटालाई अन्तरिम अध्यक्ष बनाइएको थियो । पछि सन् २०१७ जनवरी १२ मा एन चन्द्रशेखरनलाई टाटा सन्सको पूणर् अध्यक्ष बनाइएको थियो ।

टाटा सन्सले मिस्त्रीको काम गर्ने तरिका टाटा सन्सको काम गर्ने तरिकासँग मेल नखाएकाले उनलाई बर्खास्त गर्न बाध्य भएको स्पष्टिकरण दिएको थियो । काम गर्ने शैली नमिलेका कारण कारण बोर्डका सदस्यको मिस्त्रीमाथिको विश्वास घटेको बताइएको थियो । टाटाको १५० वर्षभन्दा बढी इतिहासमा साइरस मिस्त्री छैटौं अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP