मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा विभिन्न देशबाट ३ लाख २६ हजारभन्दा बढी पर्यटन भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि अगष्टसम्मको अवधिमा ती पर्यटक नेपाल आएका हुन् ।

सो अवधिमा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । सोही अवधिमा नेपालबाट ३ लाख २० हजार ७३९ जना पर्यटक स्वदेश फर्केका थिए । विश्वमा कोरोना महामारी फैलिएसँगै नेपालमा पर्यटकको आवागमन रोकिएको थियो । कोरोना खोपको विकास र अधिकांश देशले कोरोनाबाट बच्न लगाएको लकडाउन हटाएपछि नेपालमा पर्यटक आउन पुनः सुरु गरेका हुन् ।

विभागका अनुसार गत जनवरीमा १६ हजार ९७५ जना पर्यटक नेपाल आएका थिए भने १७ हजार ९८४ जना नेपालबाट फर्केका थिए । फेब्रुअरी महिनामा नेपाल आउने पर्यटकको संख्या १९ हजार ७६६ र फर्कनेको संख्या १७ हजार ३०८ रहेको थियो ।

यस्तै, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटक नेपाल आएका थिए भने ५२ हजार ९९७ जना नेपालबाट स्वदेश फर्केका थिए । मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना नेपालबाट ३४ हजार ३६ जना पर्यटक फर्केका थिए ।

गत जुन महिनामा नेपाल आउने पर्यटकको संख्या ४६ हजार ९५७ र फर्कनेको संख्या ४७ हजार ८९३ रहेको थियो । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल आएका थिए भने ६१ हजार ३५० जना पर्यटक फर्केका थिए । विभागका अनुसार जुलाई महिनामा ४४ हजार ४६२ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही महिना ४५ हजार ९२० जना पर्यटक नेपालबाट फर्केका थिए ।

अगष्ट महिनामा ४१ हजार ३०४ जना पर्यटक नेपाल घुम्न आएको विभागले जनाएको छ । अगष्ट महिनामा नेपाल घुमेर ४३ हजार २४९ जना पर्यटक फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP