मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् ।

लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका चिनियाँ नेता हुन् ।

परराष्ट्रका अनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ १३ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । भदौ १३ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् ।

राष्ट्रपति सी चिनफिङपछि अहिलेसम्म भएका भ्रमणहरूमध्ये लुको भ्रमण उच्चस्तरीय हुनेछ । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लि जिआनचाओकोपछि लु आउन लागेका हुन् । लु १७ मार्च २०१८ मा जनकंग्रेसको स्थायी कमिटी अध्यक्ष भएका हुन् ।

एकपछि अर्को अमेरिकी उच्च अधिकारीहरु नेपालमा आउने क्रम बाक्लिएसँगै चिनियाँ उच्च अधिकारी पनि आउन थालेका छन् । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिन चार दिने नेपाल भ्रमण गरेर फर्किएको एक महिनापछि गत साउनमा संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP