मंगलबार , बैसाख २९, २०८३

गुल्मी ।गुल्मी–१ बाट नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले गुल्मीको आइतवार बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुल्मी–१ बाट नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित चार जनाको नाम सिफारिस गरेको छ । ज्ञवालीले र भण्डारीबीच यो क्षेत्रमा लामो समयदेखि प्रतिष्पर्धा हुँदै आइरहेको छ । २०७४ मा यो क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए भने, २०७० मा ज्ञवालीलाई हराउँदै भण्डारीले जित निकालेका थिए ।

२०७४ सालको चुनावमा एमालेका प्रदीप ज्ञवाली गुल्मी १ बाट ३७ हजार ८१४ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए।

गत वैशाखमा भएको स्थानिय चुनावमा गुल्मी १ मा एमालेका वडाध्यक्षहरुको कुल मत ३५ हजार ७०१ थियो।

कांग्रेसका वडाध्यक्षको ३१ हजार २९२, माओवादी केन्द्रको ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाको १ हजार ६०० र एकीकृत समाजवादीको ४९७ रहेका छ। एमालेको भन्दा गठबन्धनका वडाध्यक्षका उम्मेद्वारको मत साढे २ हजारले बढी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP