मंगलबार , बैसाख २९, २०८३

बागलुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।

कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरू टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोणर्कुमार कुँवर, संविधानसभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरू तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP