शनिबार , भाद्र १३, २०८३

लमजुङ । नेकपा एमालेका उप-महासचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

२०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ’ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए । शनिबार सम्पन्न एमाले लमजुङको बैठकले गुरुङलाई लमजुङको प्रदेश क्षेत्र (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो ।

एमाले लमजुङका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि गुरुङसँगै प्रदेश सभा सदस्यको उम्मेदवारका सिफारिस भएका छन् । प्रदेशसभा (क) तर्फ वर्तमान प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, बेसीसहर नगर कमिटीका अध्यक्ष राजकुमार विष्ट र जिल्ला कमिटीका उपसचिव जितबहादुर गुरुङको नाम सिफारिस भएको छ । लमजुङमा प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र छ ।

प्रदेश सभातर्फ प्रेम बहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बम बहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगर सिफारिस भएका छन् ।

एमाले लमजुङले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरेको छ । यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ संविधानसभा सदस्य टुकाभद्र हमालसहित कल्पना थापा र प्रेम दुरा सिफारिसमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP