शनिबार , भाद्र १३, २०८३

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नम्बर-२ बाटै चुनाव लड्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे । यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए । गृह जिल्ला गोरखाका पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै उनले यसअघि जितेको ठाउँबाट चुनाव लड्ने मापदण्डअनुसार सो क्षेत्रबाट आफू स्वतः उम्मेद्वार हुने दाबी गरे ।

‘यस अघिको निर्वाचनमा जसले जहाँबाट चुनाव जितेको हो उसले त्यही लिने भन्ने अन्तरिक समझदारी बनेको छ । त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु’, उनले भने, ‘यस पटक सबै दलको साझा उम्मेदवारको रूपमा अघि बढ्न चाहेको छु । गठबन्धनका कांग्रेस, माओवादीलगायत दलको त सहयोग हुनेछ । त्यो बाहेकका सबै दलहरुले पनि यसपटक मलाई गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ ।’ पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँट गर्ने सहमति भएकाले सोही अनुसार सिट बाँडफाँट हुने उनले बताए ।

यो निर्वाचनमा सुशासन र समृद्धिको ठोस मार्गचित्र बनाएर आफू अघि बढ्ने डाक्टर भट्टराईले बताए । यसअघि प्रधानमन्त्री हुँदा छोटो अवधिमा धेरै काम गर्न नसकेको बताउँदै उनले विगतमा थालेका काम पूरा गर्ने योजना रहेको बताए । उनले चुनावपछि माओवादीसँग पार्टी एकताका विषयमा पनि छलफल भइरहेको बताए । ‘नयाँ समाजवादी धार निर्माण गर्ने योजनाअनुसार एकै ठाउँमा उभिएर जाने हो’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP