मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्‍याउनु होला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निणर्य लिन सके अवसरहरू प्राप्त होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । कला र गलाको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्रा पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्ने छ । मनमा प्रसन्नता र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्ने छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज श्रमदान गर्ने अवसर मिल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । प्रेममा सफलता पनि प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउने छ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP