शनिबार , भाद्र १३, २०८३

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटघाटमा राजनीतिक कुराकानी भएको बताएका छन् ।

आज (शुक्रबार) पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगरमा आएका ओलीले राजनीतिक विषयमै कुराकानी भएको बताउँदै भने, ‘अहिलेकै राजनीतिक परिदृष्य र समसामयिक विषयमा कुराकानी भएको हो । चुनावलगायत विषयमा पनि छलफल भयो ।’

ओलीले कोइरालासँग कुराकानी भएको विषयमा धेरै अनुमान र अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । दुई दलका नेताबीच भेटघाट हुनु राजनीतिक विषय भएको ओलीको भनाइ थियो । अध्यक्ष ओली शुक्रबार विराटनगरमा आयोजना भएका तीन वटा कार्यक्रममा सहभागी भएर अपरान्ह झापातर्फ प्रस्थान गरेका छन् । उनले स्थानीय अतिथि सदनमा अनेरास्ववियूको कार्यक्रममा बोल्दै एमाले सरकारमा नभए पनि देशभर राम्रो जनाधार भएको बताए ।

‘हामी पार्टी निर्माणको अभियानमा लागेका छौँ, यो सबैको अभिभारा पनि हो’, ओलीले भने, ‘देशको भौगोलिकता र विकासको लागि पनि एमालेले नै जिम्मा लिने हो ।’ ओलीले देश बनाउने कुरामा एमालेले कसैसँग सम्झौता नगर्ने बताए । उनले विकास असम्भव नभएको सुनाए । संघर्षको बलमा नै नेपालमा लोकतन्त्र स्थापना भएको बताउँदै उनले सामाजिक क्षेत्रको विकास नयाँ पिँढीबाट गरिनुपर्ने पक्षमा आफू पनि रहेको प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP