
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ५ को मृत्यु भइसकेको छ । यो कूल संक्रमितको १.२ प्रतिशत हो ।
कोरोना शुरु भएयता पीसीआर विधिबाट ५८ लाख ९३ हजार ५३० र एन्टिजेनबाट १३ लाख ६१ हजार ४८४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ लाख ९७ हजार ६६० र एन्टिजेनबाट १ लाख ५० हजार ७७३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना देखिएकामध्ये ९८.४ प्रतिशत अर्थात् ९ लाख ८२ हजार ७६४ जना निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २८९१ रहेको छ ।