शनिबार , भाद्र १३, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विकृत रुपमा आएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा विधेयकमाथिको छलफलमा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले मिडिया काउन्सिल विधेयक आउनु राम्रो भए पनि विकृत रुपमा आएकाले सच्याउन जरुरी रहेको बताए ।

उनले उक्त विधेयकको भु्रण हत्या हुन्छ कि भन्ने लागेको पनि टिप्पणी गरे । ‘मलाई लाग्थ्यो यसको भ्रुण हत्या हुन्छ कि ? भएनछ धन्यवाद । तर केही कुरा विकृत भएर आएछ’ उनले मिडियालाई स्वायत्त बनाउने हो भने सोही क्षेत्रका निर्वाचित तीन जना मानिसहरु राख्नुपर्ने भनिए पनि अहिले आएको विधेयकमा सबै सरकारले मनोनित गर्ने गरी आएकोमा आपूु छक्क परेको बताएका छन् ।

‘हिजो एक लाखसम्मको जरिवाना काउन्सिलले गर्नसक्ने भन्ने थियो । त्यसोभन्दा खिल्ली उडाइएको थियो । बसिखप्न दिइएन । माइतीघर मण्डलाको दुवो एक दिन पनि सुखले बस्न पाएन’, बाँस्कोटाले थपे, ‘तर आज १० लाखसम्म जरिवाना गर्न पाउने भनेर आएछ । एउटै चिजलाई हेर्ने आँखा कस्ता हुन् ? गज्जब छ । अचम्म लागेको छ । मनिटरिङको सिस्टम अनलाइनमा ठिक छ ।’ उनले एउटै कुरामा हिजो अर्कै देख्ने र आज अर्कै देख्ने सत्ता पक्षका सांसदहरुको आँखा के भएको भनेर प्रश्न गरे । ‘यसमा जनताले आँखा उपहार दिनुपर्छ’, बाँस्कोटाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP