मंगलबार , अषोज २७, २०८३

दुबई । कुशल मेन्डिस र कप्तान डसुन सनकाको आक्रामक ब्याटिङको मद्दतले श्रीलंकाले बिहीबार बंगलादेशमाथि रोमाञ्चक दुई विकेटको जित निकाल्दै एसिया कपको सुपर-४ मा स्थान बनाएको छ ।

खेलमा श्रीलंकाले १ सय ८४ रनको लक्ष्य चार बलको खेल बाँकी छँदै हात पारेको हो । श्रीलंकाका मेन्डिसले ६० र सनकाले ४५ रन बनाए थिए । उनीहरूले ५४ रनको निर्णायक साझेदारी गर्दै श्रीलंकाले जितको आधार तय पारेको थियो । उनीहरू आउट भएपछि चमिका करुनारत्नेले १६ र असिथा फर्नान्डोले १० रन बनाउँदै श्रीलंकालाई जितसम्म पुर्‍याए । श्रीलंकालाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो ।

यसअघि आफिफ हुसेन र मोहमदुल्लाह रियादबीच पाँचौं विकेटका लागि ५७ रनको साझेदारीपछि बंगलादेशले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ८३ रन बनाएको थियो । यो जितपछि समूह ‘बी’ मा अफगानिस्तानसँगै श्रीलंका सुपर-४ मा पुगेको छ भने बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP