शनिबार , भाद्र १३, २०८३

कैलाली । धनगढीको मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-१९ स्थित मोहना नदीमा खेदा गाउँका बमबहादुर चौधरीका २६ वर्षीय छोरा माने भन्ने रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

रिसमान नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएका हुन् । धनगढी उपमहानगरपालिका- ३ चटकपुरस्थित मोहना नदीमा डुबेर सोही ठाउँका मोहन रानाका १० वर्षीय छोरा प्रिन्स नदीमा डुबरे बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । नदीमा डुबेर बेपत्ता दुवैको खोजी भइरहको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP