शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ ।

आज (बिहीबार) (सेप्टेम्बर १) बाट लागू हुने गरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ । नयाँ मूल्य अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ ।

आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । बिहीबारको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ ।

आईओसीले हरेक १५-१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । सो सूचीअनुसार निगमले यहाँ नयाँ मूल्य निर्धारण गर्न सक्दछ । पछिल्लो समय इन्धनको मूल्य सामान्य बढेर आए पनि नेपालमा भने यथावत रहने छ । यसअघि ३ पटकसम्म मूल्य घटेर आए पनि निगमले नेपालमा घटाएको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा एक साताअघि कच्चा तेलको मूल्य बढे पनि पछिल्ला दुई दिनदेखि पुनः ओरालो लागेको छ । बिहीबार (४ बजे) अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३.६ डलर हाराहारीमा कारोबार भएको छ । ठीक एक साताअघि १०१ डलर पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP