मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवलको बेलबासमा सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

बुधबार दिउँसो बुटवल १३ बेलवासचोकमा पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ आउदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो ।

दुर्घटनाबाट गभ्मीर घाइते बाबु छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । सोही दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुबै मोटरसाइकल र ट्याङकर प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP