
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ९२० वटा नमुना परीक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । त्यस्तै आज १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।