शनिबार , भाद्र १३, २०८३

काठमाडौं । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं-३ छाड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं-३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् । चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र-पथ’मा आउन कुलमानलाई आग्रह गरे ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन्

सामाजिक सञ्जालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।

आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु । आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु ।

कुनै अमुक पार्टिको मोहोरा बन्नुभन्द ‘स्वतन्त्र-पथ’मा आउनुस् कुलमान सर, अर्को इतिहास कोरिनेछ । यदि यो समचार गलत हो भने मान्नुस्, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिँदै छ । समय अझै छ । चेतना भया ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP