शनिबार , भाद्र १३, २०८३

कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए ।

‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लगाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नसकेको र फुट्न पनि नसकेको बताए ।

‘जुटेका पनि छैनन् फुट्ने ल्याकत पनि छैन । जेजस्तो भए पनि यी यहीँ बस्नेवाला छन्, त्यही भएर देशभरका जनता अरू पार्टी छोडेर एमालेमा ओइरो लागेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP