शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू इच्छुक निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएका छन् । क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो ।

सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएको पौडेलले जानकारी दिएका छन् । उनले यसअघि पनि तनहुँ २ बाटै उम्मेदवार हुने बताउँदै आएका थिए । केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाश आलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन् । पौडेल गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

यहाँ कांग्रेसका शंकर भण्डारी ०७४ को निर्वाचनमा उम्मेदवार बनेका थिए । सो क्षेत्रबाट नेकपा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए । भण्डारीले यो पटक तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन् । तनहुँ-१ मा अन्तिम पटक निर्वाचन लड्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् । पौडेलले गत ३ भदौमा गृहनगर दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्तिम पटक सोही क्षेत्रबाट निर्वाचन लड्ने चाहना ब्यक्त गरेका थिए । कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP