आइतबार , बैसाख ७, २०८२

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल बन्ने भएकी छन् ।

आज (आइतबार) को बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी कमाण्डर बनाउने निर्णय भएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले जानकारी दिए ।

सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो । प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ हो । अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाएको छ ।

यसैगरी बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ । क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन् । यसैगरी बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर पनि माओवादीले चयन गरेको छ ।

जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन् । यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन् । ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निणर्य गरेको माओवादी बागमती समितिले जानकारी दिएको छ ।

काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ ।

दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन् । यसैगरी सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निणर्य भएको छ । नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन् । धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP