आइतबार , जेठ २६, २०८२

काठमाडौं । देशका धेरैजसो स्थानमा आज (आइतबार) बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका चार प्रदेशमा आज भारी बर्षाको सम्भावना रहेको बताइएको छ । जसका कारण आज ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ । केही सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आज पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।

यस्तै, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), तनहुँ, पाल्पा, स्याङ्जा, पर्वत, म्याग्दी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, गुल्मी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, कालीकोट, बाजुरा, बझाङ र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केही साना नदीहरूमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।यस्तै, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, बाँके र आसपास भई बहने साना नदीहरूमा समेत बहाव बढ्न सक्ने ।

पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP