शनिबार , भाद्र १३, २०८३

काठमाडौं ।नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् ।

कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन गरेको हो ।

महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहोर्याउन निर्देशन गरेका हुन् । महामन्त्री थापाले सात प्रदेश कार्यसमिति, जिल्ला, प्रतिनिधि सभा र क्षेत्रीय समितिलाई परिपत्र गरेका छन् ।

कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’

महामन्त्री थापाले मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सम्भावित उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिदै प्रावधान सम्झाएका हुन् । महामन्त्री थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा पठाएर यस्तो निर्देशन दिएका हुन् ।

पार्टीका तल्ला समितिले बैठक गरी सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ। प्रदेशले प्राप्त नाम रायसहित भदौ २० मा केन्द्रमा पठाउनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP