शनिबार , बैसाख ६, २०८२

काठमाडौं ।काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको थिएन । जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।

विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP