मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन् ।

शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन खोजिएको हो।

राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन । जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।

विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो ।
३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP