शनिबार , भाद्र १३, २०८३

धरान।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका अध्यक्ष प्रचण्ड साम्पाङको वृक्षारोपण अभियानमा सहभागी भएका हुन् । सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । वृक्षारोपण अभियानमा सहभागी भएपछि अध्यक्ष प्रचण्डले मेयर साम्पाङले कम्युनिष्टहरुले गर्नुपर्ने काम गरीरहेको बताए । ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे। ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने। प्रचण्डले अर्को प्रसङ्गमा धरानको मेयर र उपमेयरको जोडी मिलेको पनि बताए । उपमेयर आइन्द्रविक्रम बेघा र साम्पाङ्गको जोडी मिलेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP