शुक्रबार , भाद्र १२, २०८३

सबिन बराल/ डार्विन

अस्ट्रेलिया नर्थन टेरोटरी राज्य अन्तर्गत, डार्विन शहरमा Nepalese Association of Northern Territory(NANT) को पहिलो NANT volunteers Night 2021 सफलता पुर्वक सम्पन्न भएको छ।

Northern Territory Multicultural  Advisor जया श्रीनिवाश, प्रमुख अतिथिको रुपमा उपस्थित उक्त कार्यक्रम मा स्वयमसेवक,प्रायोजक, NT का सरकारी कर्मचारी साथै नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो।

NANT का बर्तमान अध्यक्ष युवराज पन्तले उपस्थित सबैलाइ स्वागत गर्दै सम्पूर्ण स्वयंमसेवकको सहयोग र सहकार्यले गर्दा नै आज NANT यो उचाइमा पुग्न सफल भएको र आउदा दिनमा सबै नेपाली यस सस्थामा जोडि यसलाई आझै ठुलो र बलियो बनाउन मदत गर्नेमा आफु बिस्वस्त रहेको जानकारी दिनु भयो। कार्यक्रमको प्रमुख आतिथि जया श्रीनिवाशले नेपालीको हरेक चाडपर्व निकै रमाइलो हुने र आफु पनि नेपालीको हरेक कार्यक्रममा उपस्थित हुन पाउदा आफुलाई निकै खुशी लागेको जानकारी दिनु भयो।  कार्यक्रममा NRNA का coordinator हेम पुनले पनि सबै नेपालीलाई NANT को सदस्यता लिई सम्पूर्ण नेपली एक हुन आग्रह गर्नु भयो। 

कार्यक्रममा २०२० /२०२१ मा सस्थालाई सहयोग गर्ने सम्पूर्ण स्वयंमसेवक र प्रायोजकलाइ सम्मान गरिएको थियो। कार्यक्रम अस्ट्रेलियन गोवर्नमेंट र स्थानीय सहयोगीको सहयोगले सम्पन्न भएको थियो।   आउदा दिनमा पनि एस्तो कार्यक्रम भइरहन पर्ने सम्पूर्ण उपस्थितको एकै आवाज थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP