मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । भारतले ‘अग्निपथ’ योजना अन्तर्गत गोर्खा सैनिकको भारतीय सेनामा भर्ती निरन्तर रहने स्पष्ट पारेको छ । अग्निपथ योजनामा भर्ती नगर्न नेपालले आग्रह गरेको भोलिपल्ट भारतले यस्तो स्पष्ट पारेको हो ।

‘गोर्खा सैनिकहरु भारतीय सेनामा लामो समयअघिदेखि भर्ती हुँदै आएका छन् । अबका दिनमा अग्निपथ योजना अन्र्तगत पनि त्यो क्रम जारी रहनेछ’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने ।
नेपाल सरकारले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती नगर्न अनुरोध गरिसकेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बुधबार मन्त्रालयमा डाकेर अग्निपथ योजनाबारे जानकारी मागेका थिए ।

उनले उक्त योजनामा नेपाली युवालाई जान दिने वा नदिनेबारे राष्ट्रिय सहमति कायम नभएकाले तत्कालका लागि भर्ती प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । नेपालको अनुरोध अनुसार बिहीबारदेखि बुटवलमा थाल्ने भनिएको गोर्खा सैनिकको भर्ती प्रक्रिया भारतीय पक्षले तत्कालका लागि स्थगित गरेको छ ।

अग्निपथ योजनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी अधिकारीहरूसँग छलफल गरिसकेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुण कुमार सुवेदीले भारतले सन् १९४७ को बेलायत-भारत-नेपाल त्रिपक्षीय सन्धिअनुसार नै भारतले अबका दिनमा नेपालका युवालाई भर्ती गर्ने अपेक्षा लिइएको बताए ।

गत जुनमा मोदी सरकारले ल्याएको ‘अग्निपथ योजना’ ले भारतीय सेनामा जाने नेपालीलाई असर पर्नेछ । हाल भारतीय सेनाको गोर्खा रेजिमेन्ट मातहत बिभिन्न बटालियनमा गरी करिब ३२ हजार नेपाली युवा छन् । भारत सरकारले घोषणा गरेको उक्त योजना कार्यान्वयन भने भइसकेको छैन । उक्त योजनाअन्तर्गत भारतीय सेनाले अब भर्तीमा सैनिक लिँदा ४ वर्षका लागि मात्र लिनेछ ।

योजनाअनुसार २५ प्रतिशत सैनिकलाई मात्र स्थायी गरिनेछ । योग्यता नपुगेकालाई भारतीय रुपैयाँ १० लाख ४० हजार दिएर अवकाश दिइनेछ । अवकाश पाउनेले पेन्सन पाउने छैनन् । भारतले खर्च कटौतीअन्तर्गत उक्त योजना अघि सारेको हो । उक्त योजना भारतको आन्तरिक विषय भए पनि त्यसले नेपालीलाई पनि असर पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP