आइतबार , जेठ २६, २०८२

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (बिहीबार) बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउन आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जसरी पनि आफूलाई संघीय प्रतिनिधिसभामा २४ सिट चाहिने अडान लिएको छ । माओवादी केन्द्रले गठबन्धनका अन्य दलले ८५ सिट र कांग्रेसले ८० सिट लिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ । जसले गर्दा सिट बाँडफाँट कार्यदलले काम गर्न सकेको छैन ।

‘माओवादी केन्द्र र नेकपा एसको अपेक्षा निकै ठूलो देखियो, जसले गर्दा कार्यदलमा अहिले नै सिट संख्या टुंग्याउने अवस्था देखिएन’, कार्यदलका एक सदस्यले भने । ती सदस्यका अनुसार मंगलबारको बैठकमा शीर्ष नेताहरूलाई एकल वार्ता गरेर सिट संख्या टुंग्याउन फेरि आग्रह गर्ने सहमति भएको छ । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी परेका कारण शीर्ष नेताहरूलाई ब्रिफिङ गर्न केही ढिला हुने बताइएको छ ।

छलफलका क्रममा माओवादीलगायतका दलले नेकपा एसलाई १० देखि १२ सिट मात्रै प्रस्ताव गरेका थिए । तर नेकपा एसले आफूले कम्तीमा २४ सिट पाउनुपर्ने दाबी नछाडेपछि अल्झन भएको हो । नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरूले ४० सिटमा दाबी गरेको तर बाँडफाँट गर्दा भागमा २४ सिट पर्ने बताए ।
‘गठबन्धन गरेर संविधान जोगाउन हामी एमालेबाट अलग भएका हौं, यस काममा सहभागी २४ जना साथीले चुनाव लड्न पाउनुपर्छ भन्ने हाम्रो अडान छ, सायद यही बिन्दुमा गठबन्धनको सिट संख्या तोकिनेछ र गठबन्धन हुनेछ,’ खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP