शनिबार , भाद्र १३, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बीच खिन्नता भने बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनु होला बाटोमा दुख हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नाता कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कर्तव्यबोध हुने र आस्था बढ्ने छ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लामो समयबाट रोकिएको काम पुनः प्रारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्ने छ । धैर्य र संयमताका साथ गरेका कामबाट फाइदा पुग्न सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP