शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाबारे भएको छलफलमा उनले पछिल्लो समय जलविद्युत् आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताएका हुन् ।

घिसिङले जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत् महँगो हुने बताए । उनले नेपालको ऊर्जाको स्रोत भनेकै जलविद्युत् भएकाले जलविद्युत् सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए । जलविद्युत् महँगो हुँदा जनतालाईसमेत महँगो पर्ने उनले बताए ।

उनले जलविद्युत् उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने बताए । बंलादेशमा विद्युत् निर्यात गर्नका लागि भारतको भन्दा सस्तोमा विद्युत् दिन सक्नुपर्ने बताए ।

घिसिङले ५० अर्बको तनहँ जलविद्युतमा करिब तीन अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा तीन अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत् महँगो हुनु भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP