मंगलबार , बैसाख २९, २०८३

सुर्खेत । आठ वर्षदेखि नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन काम नगर्दा बाँझै छ ।

‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो । नयाँ सहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका-१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो ।

नयाँ सहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलासुस्तीका काम सुरु हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको ‘अर्वान प्लानिङ कन्सल्टेन्ट’ले असारमै डीपीआर गरेर काम सुरु हुने बताएपछि किसानलाई पटक पटक खेती नगर्न सूचना गरेकाले खेतीयोग्य जमिन खाली राखिएको थियो  ।

आयोजना कार्यालयका निमित्त आयोजना प्रमुख कमल दर्लामीमगरले कन्सल्टेन्टले ब्लकको ‘लाइनिङ’को काममा ‘गाइड’ नगरिदिँदा प्लटिङको काम हुन नसकेर जग्गा खाली हुन पुगेको हो । यही कामका लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष ६ करोड सोही शीर्षकमा आएको कार्यालयले जनाएको छ ।

उक्त अर्वान प्लानिङ कन्सल्टेन्टका मनीष जोशीले आफ्ना कारणले ढिलाइ नभएको बताए । सर्वे गरेर सडकको डिजाइनसहितको नक्सा नयाँ सहर आयोजना कार्यालयलाई बुझाइसकेको जानकारी दिँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादातासँग बसेर छलफल गर्नमात्र बाँकी रहेको उल्लेख बताए । यहाँका ९५९ घरधुरीले ‘टाउन प्लानिङ’का लागि नयाँ सहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीका लागि दिएका किसानले जमिन बाँझै राख्नुपरेको भन्दै चिन्ता गरेका छन् ।

२०७२ सालमा नयाँ सहर आयोजनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयोजनाले सुस्त गतिमा काम गरेको स्थानीयको गुनासो छ । आयोजना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ती जडान, सामुदायिक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेल सम्पन्न गरेको जनाएको छ । यसवर्ष सडक कालोपत्रे, सभाहल निर्माण, ल्यान्डफिल साइट निर्माण, जग्गा एकीकरण सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP