शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो ।

आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर र मन्दाकीनी हाइड्रोपावर शेयर मूल्यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको शेयर किनबेच भएको छ । काबेलीको १६ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP