मंगलबार , बैसाख २९, २०८३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ । कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्न सक्छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पितृ देवको आशीर्वाद पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा मिल्ने छ । विद्याको क्षेत्र पनि सबल नै रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्ने छ । ऋण गरेरै भएनि सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कार्य सम्पादनमा समस्या आउला । पुँजी बजारमा लगानी नगर्दा नै बेस होला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP