बुधबार , जेठ १५, २०८२

काठमाडौं । काठमाडौँ चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।

यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा रु एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो । गत वर्षको साउनमा नेपालले रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्याङ्कमा समावेश छ ।

गत साउन महिनामा कूल रु एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले रु एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापारघाटा सहेको थियो । कूल रु एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा मुलुकले रु एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट रु ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP