शनिबार , बैसाख ६, २०८२

दाङ । दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली र अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए ।

त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वली र प्रकाश बुढामगर पक्राउ परेका प्रहरीले जनाएको छ । बन्दकर्ताले गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाबी खोस्ने, धम्काउने जस्ता कार्य गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ४ वटा कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव दाङमा देखिएको छ । बिहानैदेखि बजार पूर्णरुपमा खुलेको छैन भने सवारी साधन पनि चल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP