आइतबार , जेठ २६, २०८२

काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो ।

सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग दर्जन बढी विषयमा स्पष्टीकरण बुझाउन भनेको हो । स्पष्टीकरणमा कमिसनको प्रलोभनमा ८ महिनादेखि निगमको न्यारोबडीको इन्जिन मर्मत नगरी भाडामा ल्याइएको र मर्मत नगर्नुको कारण, उक्त इन्जिन ८ महिनादेखि स्थानीय एजेन्ट खडा गरेर दैनिक ३ लाख रुपैयाँमा भाडामा चलाउनुको कारण, आन्तरिक प्रयोगमा रहेका नाइनएन-एबीएस विमान हालसम्म मर्मत गरेर प्रयोगमा नआउनुको कारण मागिएको छ ।

यस्तै सर्वसाधरणलाई टिकट बिक्री गरेर जहाज चार्टर उडानमा लगाइएको, करार र ज्यालादारीमा प्रक्रिया उल्लंघन गरेर भर्ना गरिएको, विदेशमा कर्मचारी पदस्थापनमा पक्षपात तथा प्रक्रिया उल्लंघन गरिएको, चिनियाँ जहाजको व्यवस्थापन गर्न नसकेको, हवाई टिकटलाई अनलाइनबाट बिक्री गर्न नसकेकोलगायतका आरोप लगाइएको छ । पर्यटन मन्त्रालयले अधिकारीसँग २ पटक स्पष्टीकरण र एक पटक बयान लिएको थियो । त्यस्तै पर्यटन सचिवको संयोजकत्वमा उनीमाथि छानबिन गर्न समितिसमेत गठन गरिएको थियो । मन्त्रिपरिषद्ले उनलाई एक पटक निलम्बन र बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको साउन १९ गतेको अल्पकालीन अन्तरिम आदेश देखाउँदै अधिकारी निगम फर्किएका छन् । यो मुद्दाको पेशी आउँदो शुक्रबारका लागि तोकिएको छ । उनलाई साउन १९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमको हितविपरीत कार्य गरेको भन्दै ५२ वटा आरोपसहित बर्खास्त गरेको थियो । तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने नेतृत्वको जाँचबुझ समितिको प्रतिवेदनको सुझावका आधारमा मन्त्रिपरिषद्ले निलम्बनपछि दोस्रो पटक बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP