शुक्रबार , भाद्र १२, २०८३

बनेपा । काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी परेको छ । विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले आज (मगलबार) नेपाल बन्दको घोषणा गरेका छन् ।

बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ । केही बन्दकर्ता पक्राउ समेत परेका छन् । मंगलबार बिहानैदेखि उपत्यकालगायत देशका विभिन्न ठाउँमा बन्दको सामान्य प्रभाव देखिन थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP