शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं, ३० माघ । बृहत् नागरिक आन्दोलनले शुक्रबार (आज) काठमाडौंमा महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा जम्मा भई न्यूरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो ।

उक्त विरोध ¥यालीमा नेपाल सरकारले महिला हिंसा, बलात्कार तथा हत्याका घटनाहरु रोक्न नसकेकोलगायतका आक्रोशहरु पोखिएको थियो ।

‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरसहितको ¥यालीमार्फत् उनीहरूले बलात्कारीलाई सजाय दिन, हत्याराको पहिचान गरी कारबाही गर्न तथा महिला हिंसा बन्द गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुरले ‘नारी सामान होइन, सम्मान हो’, ‘भागरथीलाई न्याय दे’, ‘आई एम निर्मला, ह्वेयर आर माई रेपिस्ट’, ‘बलात्कारी खुलेआम, बलात्कृत गुमनाम’, ‘तानाशाहसँग हार खाएर इतिहासको गाली खान तयार छैन’, घरभित्र लोग्नेले कुट्छ, घर बाहिर सत्ताले लुट्छ’लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP