शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिएका छन् ।

पार्टीका जनवर्गीय सङ्गठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्ने छन् । करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा सङ्गठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा सङ्गठन विस्तार गर्ने क्रममा छ ।

नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही नेता तथा कार्यकर्ताले विद्रोह गरी उक्त पार्टी स्थापना गरिएको थियो । पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निणर्य गर्न समय तालिका तय गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्ने जनाइएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्ने छ । प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र निणर्य गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP