मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरे । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

गिरीलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गर्‍यो । स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएका सांसद गिरीको गएराति निधन भएको हो ।
स्वर्गीय गिरीका श्रीमती र एक छोरा छन् । गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP