शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ ।

राज्यमा मनाली-चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन् । सिमला-चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ । बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन् ।

मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताए । समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारका तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन् । बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP