
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।
आज बिहान ट्वीट गरी उनले गिरीको निधनमा दुःख व्यक्त गरेकी हुन् । साथै राष्ट्रपति भण्डारीले गिरीप्रति श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् । क्यान्सरपीडित गिरीको गए राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।