मंगलबार , अषोज २७, २०८३

काठमाडौं । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको छ ।

करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए । दुबै गोल पेनाल्टीमा भएको थियो ।

यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । यसपछी भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे ।

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो । तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके । उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन् । यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ । दुई खेल ला लिगामा । यस संगै रियल ला लिगाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP