सोमबार , अषोज २६, २०८३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदमको बिरोधमा एकै स्वर भएर पनि संगै आन्दोलनमा जान नसकेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्ड, जनता समाजबादी पार्टी(जसपा) संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई र कांग्रेस परिष्ठ नेता रामचन्द्र पौडेल एउटै मञ्चमा भने उभिने भएका छन् ।

मुद्दा मिलेर पनि सहकार्य गर्न नसकेका तीन नेतालाई एउटै मञ्चमा उभ्याउने चाँजोपाँजो भने डा. बाबुराम भट्टराईले मिलाएका हुन् । जनयुद्ध दिवसको अवसर पारेर भट्टराईले लेखेका ‘गुमनाम आमाहरुको कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्ड र पौडेललाई वक्ताकारुपमा आमन्त्रण गरेर भट्टराईले तीन नेताहरुलाई एउटै मञ्चको व्यवस्था मिलाएका हुन् ।

शनिबार काठमाडौमा आयोजना गर्न लागिएको पुस्तक विमोचन कार्यक्रममा वक्ताहरुको रुपमा नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपा नेता अशोक राईलगायतका नेताहरुले बोल्ने व्यवस्था मिलाईएको छ ।

डा. भट्टराईले माओबादी विचार छाडेर गैरकम्युनिष्ट समूहमा प्रवेश गरेपछि प्रचण्ड र डा भट्टराई एउटै मञ्चमा त्यति सजिलै उक्लिदैनन् । उता संयुक्त आन्दोलनको जति अलाप अलापेपनि कांग्रेस नेता पौडेलको आवाजलाई देउवाले नजरअन्दाज नै गरिदिएका कारण पौडेलको प्रचण्डसँग एउटै मञ्च हुने कुरै भएन । देउवा असंवैधानिक कदम सच्याउने तर्फ भन्दा कम्युनिष्टहरु विभाजित भएका बेला हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउला र सत्तामा पुगिएला भन्ने च्याँखे दाउमा तल्लीन छन् । कांग्रेस भित्र पौडेल, गगन थापा, गुरुराज घिमिरे जस्ता हिजो संयुक्त आन्दोलनको अभ्यास गरेकाहरुको आवाज देउवाको च्याँखे दाउका अगाडी फुच्चे देखिएको छ ।

बहाना जे सुकै भएपनि शनिबार एउटै मञ्चमा जुट्न गईरहेका समान मुद्दा भएर पनि अलग अलग संघर्षका बाँसुरी बजाई रहेका ती पार्टीलाई एकै ठाँउमा ल्याउने सुत्र पत्ता लगाउलान त ? नेपाली राजनीतिले प्रतिगमन विरुद्धको लडाईमा एक्लमएक्लै होईन संयुक्त आन्दोलनको आवश्यकता औंल्याईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP