शुक्रबार , भाद्र १२, २०८३

३० माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने भएको छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव रविलाल पन्थले फागुन २ गते समृद्ध प्रदेश खुशी जनता शीर्षकमा प्रदेश स्तरीय कविता प्रतियोगिता हुने बताए ।

त्यस्तै प्रदेश राजधानी र जिल्ला सदरमुकामहरुमा रक्तदान, २ गते नै सबै मन्त्रालय, कार्यालय, राप्ती उपत्यका (देउखुरी), जिल्ला सदरमुकाम र सबै स्थानिय तहहरुमा सरसफाइ कार्यक्रम गरिने पनि पन्थले बताए । २ गते नै प्रदेशस्थित सबै सरकारी, सामुदायिक संघसंस्था, वित्तीय संघसंस्थाहरुको कार्यालयमा दिपावली गरिने छ ।

त्यस्तै ४ गते प्रदेशभित्रको कुनै एक क्षेत्रभित्र हिउँदे फलफुलका विरुवा रोप्ने कार्यक्रम समेत तय भएको छ । स्थापना दिवस मूल समारोहमा प्रदेश सरकारले वितरण गर्दै आएको विभिन्न पदक पनि प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP