मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । सुडानबाट सोमबार इथियोपिया उडेको विमान दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ ।

यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८०० मा भएको हो । एभियसन हेराल्ड नामक वेबसाइटका अनुसार त्यसबेला विमान ३७ हजार फिटको उचाइमा अटोपाइलट मोडमा उडिरहेको थियो । तर, अदिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थल आउँदा पनि सो विमानले उचाइ घटाएन ।

एयर ट्राफिक कन्ट्रोलले विमानका पाइलटसँग सम्पर्क गर्ने कोशिस गरेको थियो । तर, त्यो सम्भव भएन । विमान धावनमार्ग पार भएर अघि बढेपछि भने अलार्म बजेको थियो । त्यसपछि विमानलाई फर्काएर २५ मिनेटको ढिलाइपछि सुरक्षित अवतरण गरिएको थियो ।

इथियोपियन एयरलाइन्सले अगस्ट १५ का दिन विमानले एटीसीसँग केही समयलाई सम्पर्क गुमाएको जनाएको छ । चालक दललाई हाल जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको एयरलाइन्सको भनाइ छ । पछिल्लो समय एयरलाइन्सहरुले थकित पाइलटहरुलाई अत्यधिक काम गराउने गरेको गुनासो पनि आउने गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP